बलिउड सेलेब्सहरु : कसको हाइट कति ?

जयहोस् । बलिउडकर्मीको फ्यान फ्लोईङको बारेमा त खासै केहि बताईरहनु नपर्ला । किनकी यो सबैलाई जानकारी भएकै विषय हो । यिनीहरुको लागि आफ्नो महत्वपूर्ण समय फाल्ने निकै छन् । तर के तपाइँलाई यी बलिउड सेलेब्सको हाइट कति छ भन्ने थाहा छ त ? हामी केहि बलिउड सेलेब्सको बारेमा केहि चर्चा गर्दै छौ अबको क्रममा ।

बलिउडमा भाइजान भनेर चिनिन्छन सलमान खान । यिनले अभिनय गरेको फिल्महरुले पछिल्लो समय करोडौको ब्यापार गर्ने गरेको छ । यसैले गर्दा पनि बलिउडमा सलमानको स्टारडम आकासिदो नै छ । यिनै सलमानको हाइटको बारेमा भने तपाईलाई थाहा नहुन पनि सक्छ । बडीको कारण चर्चामा आउने सलमानको हाइट भने ५ फिट ६ इन्च रहेको छ । सलमानपछी कुरा गरौ दीपिका पादुकोणको बारेमा ।

बलिउड हुदै हलिउडसम्मको यात्रा तय गरेकी दीपिका पछिल्लो समयकि सबै भन्दा महंगी एक्ट्रेस पनि हुन् । फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यु गरेकी दीपिका यतिबेला व्यस्त छिन । ग्लामर छवीको कारण चर्चामा आउने दीपिकाको हाइट भने ५ फिट ९ इन्च रहेको छ । दीपिकापछी चर्चा गरौ आमिर खानको बारेमा ।

बलिउडमा मिस्टर पर्फेक्ट भनेर समेत आमिरलाइ चिनिने गरिन्छ । उनले अभिनय गरेको फिल्ममा मनोरञ्जन मात्र हुदैन केहि म्यासेज पनि हुन्छ । यसैले गर्दा आमिरको अभिनय रहेको फिल्मलाई दर्शकले नोटिस गर्ने गर्छन । यिनै आमिरको हाइट भने ५ फिट ५ इन्च रहेको छ । आमिरपछी चर्चा गरौ बलिउडका किङ्ग खान अर्थात् शाहरुख खानको बारेमा ।

बलिउडमा रोमान्स किङको समेत उपनाम पाएका छन् शाहरुख खानले । तर पछिल्लो समय यिनी कमेडी एक्सन जनरकै फिल्ममा बढी रमाईरहेका छन् । पछिल्ला फिल्महरु मार्फत असफलताको स्वाद पाएका शाहरुखको हाइट भने ५ फिट ७५ इन्च रहेको छ । शाहरुखपछी कुरा गरौ कट्रिना कैफको बारेमा ।

कुनै समय सलमान खानको प्रेमिका भनेर चर्चा आएकी कट्रिना उनैको फिल्म ‘मैने प्यार क्यु किया’ मार्फत मार्क भएकी थिइन् । यसरि सफलता पाउदा अगाडी बढेकी कट्रिनाको नाम जब रनबीर कपूरसंग जोडियो त्यसपछी उनि असफल हुदै गईन । यद्दपी पछिल्लो समय सलमान क्याम्प फर्किएकी कट्रिना ठिकठाक छिन् । अग्ली कदकि एक्ट्रेस भनेर चिनिने कट्रिना हाइट ५ फिट ८ इन्च हो । कट्रिनापछी चर्चा गरौ आलिया भट्टको बरेमा ।

निर्माता महेश भट्ट कि छोरी आलियाले ‘स्टुडेन्ट अफ द इयर’ मार्फत डेब्यु गरेकी थिइन् । त्यसपछिका दिनमा उनलाई फिल्महरुले नै चर्चामा ल्यायो र उनि सफल हुदै अगाडी बढीन । यिनै आलियाको हाइट भने ५ फिट ३ इन्च रहेको छ । त्यस्तै , अन्य बलिउडका एक्टरको कुरा गर्ने हो भने , सिद्धार्थ मलहोत्राको हाइट ६ फिट १ इन्च , प्रियंका चोपडाको हाइट ५ फिट ६५ इन्च , सोनाम कपूरको हाइट ५ फिट ९ इन्च , बिग बि अर्थात् अमिताभ बच्चनको हाइट ६ फिट १५ इन्च , ऐश्वर्या रायको हाइट ५ फिट ६५ इन्च , सैफ अलि खानको हाइट ५ फिट ७ इन्च रहेको छ ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्