फिल्म । कोरोना भाइरसको पहिलो लहर समाप्त भएसंगै बलिउडमा फिल्महरुले डेट घोषणा गरे । झन्डै एक वर्ष देखि रोकिएको फिल्म रिलिजलाई सरल तरिकाले अगाडी बढाउन डेट घोषणा गरियो । मार्चमा लगभग बलिउडका प्राय फिल्मको रिलिज घोषणा भयो । यद्दपी दोस्रो लहर बढेसंगै त्यो रिलिज भएन नै । यतिबेला भारतमा दोस्रो लहरमा केहि राहत मिलेकोले फिल्महरु रिलिजको लागि तयारी गर्न थालेका छन् । केहिले ओटीटी प्लेटफर्म मात्र केन्द्रीत गरेका छन् भने कहिले यसमा हल पनि थपेका छन् ।
प्रतिक्षित फिल्म मध्येको एक सूर्यवंशीको चर्चा बढ्दो छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार , कट्रिना कैफ मुख्य भूमिकामा छन् । यसमा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्मको सार्वजनिक टिजरले दर्शक माँझ राम्रो चर्चा पाइसकेको छ , यद्दपी रिलिज तय छैन । पछिल्लो समय यसका निर्मातालाई डिजिटल प्लेटफर्मका लागि पनि अफर नआएको होइन , तर हलनै लक्षित रहेको निर्माता मध्येका एक करण जोहरले बताउदै आइरहेका छन् ।
फिल्मको रिलिज आउँदो अगस्त १५ मा गर्ने योजना निर्माण पक्षको रहेको छ । यहिँ तरिकाले अवस्था सामान्यतर्फ बढे हलमा रिलिज गर्ने र त्यस लग्गतै डिजिटल प्लेटफर्ममा पनि ल्याउने तयारी अगाडी बढेको छ । एक्सन प्याक्ड यस फिल्मलाई हलमै हेर्न मज्जा आउने निर्माण पक्षको अडान रहेको छ । यद्दपी फिल्म निर्माण भएको झन्डै डेढ वर्ष भइसकेको हुँदा रिलिज गर्ने दबाब बढ्दो छ ।
यस्तै , अक्षय कुमार अभिनित फिल्म ‘बेल बटम’ प्रदर्शनको लागि तयार छ । उनले गत वर्षको लकडाउन सामान्य भएसंगै यसको छायांकन बेलायतमा गरेका थिए । थ्रिलर कथामा बन्न लागेको यो फिल्मा सन् १९८० को सेटअपमा तयार गरिएको छ । फिल्ममा अक्षयसँगै लारा दत्त, हुमा कुरेसी , वानी कपूर लगायतको अभिनय रहेको छ । यसलाई ज्याकी भगनानीले निर्माण गरेका हुन् भने रञ्जित एम तिवारीले निर्देशन । फिल्मको रिलिज ओटीटी प्लेटफर्ममै गर्ने तयारी निर्माण पक्षले अगाडी बढाएको छ । सबै डिल ओके भएमा यसलाई अगस्त १५ मा अमेजन प्राइममा हेर्न पाइनेछ । सूर्यवंशी नआउने तय भए यो फिल्म आउने छ । निर्माता ज्याकीले यस अगाडी पनि अमेजन प्राइमसंग ‘कुल्ली नम्बर १’ डिल गरेर रिलिज गरेका थिए ।
प्रदर्शनकै पर्खाइमा रहेको अर्को फिल्म हो ‘भुज : द प्राइड अफ इन्डिया’ । यो फिल्म पनि रिलिजको लागि तयार छ । डिज्ने प्लसमा रिलिज हुने फिल्म अगस्त १५ मै आउने तयारीमा छ । गत वर्ष नै डिज्ने प्लसले घोषणा गरेको ७ फिल्म मध्ये यो मात्र आउन बाँकी छ । त्यसैले यसलाई अगस्तमा ल्याउने तयारीमा डिज्ने रहेको छ । अभिषेक दुधैया निर्देशित फिल्ममा अजय देवगन , संजय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेही, प्रणिता सुभाष, एमी विर्क औ,शरद केलकर जस्ता कलाकारको अभिनय रहेको छ ।