नयाँ फिल्मको तयारीमा रजनीकान्त

फिल्म । साउथ इण्डियन फिल्मका सुपरस्टार रजनीकान्तले नयाँ फिल्म सुरु गर्ने भएका छन् । पछिल्लो समय सोसल थ्रिलर ड्रामामा देखा परिरहेका रजनीले नयाँ फिल्ममा पनि यस्तै कथालाई निरन्तरता दिनेछन् तर राजनीतिसँग जोडिनेछ । उनले पछिल्लो समय राजनीतिमा आइरहेको समस्यालाई देखाउनेछन् । आउदो मार्चबाट सुरु हुने फिल्मलाई ए आर मुर्गाडोसले निर्देशन गर्नेछन् ।

गजनी र होलिडे जस्ता फिल्म मार्फत दर्शकको मनमा बसेका एआरले नयाँ फिल्ममा रजनीलाई केहि फरक अवतारमा ल्याउने कोसिस गरिरहेका छन् । उनले केहि नयाँ लुक्स समेत टेस्ट गरिरहेका छन् । सायद उनि रजनीलाई केहि फरक रुपमा ल्याउन खोजिरहेका छन् । साथै यस फिल्मको लागि उनले तिन महिनाको समय दिएका छन् भने उनले पारिश्रमिक पनि अन्य फिल्म भन्दा कम लिएका छन् । रजनीले पारिश्रमिक किन घटाए त ? यो चर्चा यतिबेला टलिउडमा राम्रोसँग चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्