पोखरामा देखिए सोनु निगम (भिडियो सहित )

संगीत । बलिउडका प्रसिद्ध गायक सोनु निगम नेपाल आइपुगेका छन् । उनि आइतवार नेपाल आएका हुन् । उनि काठमाण्डौ आएर आफ्नो एक म्युजिक भिडियो छायाँकनको लागि पोखरा पुगेका छन् । सुन्दरनगरीको ट्याग पाएको पोखरामा सोनुले ‘शिव शंकरा’ बोलको गीतको भिडियो छायाँकन गर्नेछन् । उनि आफ्नो पत्नी र छोरा सहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका छन् । गीतमा सोनुकै आवाज रहेको छ भने भिडियोमा पनि उनिनै देखिनेछन् ।

भिडियो शिव भक्तिमा समर्पित छ भने यसलाई पोखराको विभिन्न रमणीय स्थानमा छायाँकन गरिनेछ । उनको भिडियो छायाँकनको लागि सम्पूर्ण टिम भारतबाट नै आएकाछन् । टिममा एसोसियट निर्देशकको रुपमा निकेश खड्का रहेका छन् । नेपाली म्युजिक भिडियोमा चिनिएका नाम निकेशले लोकेशन सहित कन्सेप्टमा सघाउनेछन् । ‘काम गर्ने शैली उस्तै हो तर प्रविधि फरक छ’ निकेश भन्छन् ‘सोनु सरल छन् भने काममा इमान्दार ।’ सोनुले नेपालको सुन्दरताको तारिफ गरेको समेत उनले बताए । सोनु सोमबार छायाँकन सकेर काठमाण्डौ आउनेछन् भने मंगलवार बिहान नै उनि भारत फर्किनेछन् ।

कमेन्ट गर्नुहोस्