के गर्दैछिन् मेनुका ?

गसिप । अभिनेत्री मेनुका प्रधान एकाएक चर्चामा आइन । उनले थियटरमा गरेको संघर्ष त थियो नै तर उनलाई चिनाउने माध्यम भने फिल्म नै बन्यो । एक समय थियो, मेनुका अत्यधिक व्यस्त थिइन् । उनका एकै दिन दुई–दुई फिल्मसमेत रिलिज भएका थिए । तर, गत वर्ष ‘साइँली’ रिलिज भएयता उनका न कुनै नयाँ फिल्म रिलिज भएका छन्, न कुनै नयाँ फिल्ममा अनुबन्ध भएको खबर छ ।

फिल्ममा सानातिना रोल गर्दा बरु मेनुकालाई धेरैले नोटिस गरेका थिए । ‘पुरानो डुंगा’ र ‘साइँली’ले उनलाई उम्दा अभिनेत्रीको कोटीमा सामेल गरेका थिए । बर्सेनि रिलिज भएका यी फिल्ममा पाएको प्रशंसापछि उनलाई फिल्मको लाइन लाग्नुपर्ने हो, तर भयो उल्टो । मेनुका बनिन् कामविहीन ।

त्यसैले त अरू अभिनेत्रीझैँ उनले पनि फिल्म नभएको मौकामा म्युजिक भिडियोतिर पाइला बढाएकी छिन् । भर्खरै मात्र युवराज चौलागाईंको गीतमा उनले मोडलिङ गरेकी छिन् । अभिनयमा पोख्त भए पनि उनी मिडिया फ्रेन्ड्ली नभएको धेरैको गुनासो थियो । कतै फिल्मविहीन यही कारण बनेकी त हैनन् ? मेनुकाले यसो मनन गरे कुनै हानि हुँदैनथ्यो । (सम्पूर्ण साप्ताहिकबाट साभार)

कमेन्ट गर्नुहोस्