देश । कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले विश्वमै छ । यसले गर्दा एक महिना यता विश्वनै समस्यामा फसेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेर रोकथामको लागि काम गरिरहेको छ । यसैक्रममा नेपाल सरकारले पनि आज ११ गतेदेखि १८ गते विहान ६ बजेसम्मलाई ‘नेपाल लकडाउन’ गरेको छ । यसले गर्दा उपभोक्तालाई दैनिक जीवनयापनमा समस्या परेको नै छ ।
यसैलाई मध्यनजर गर्दै उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न आग्रह गरेका छन् । उनले भाटभटेनी, सेल्वेज, सेल्सबेरी,बिग मार्टलगायतका सुपरमार्केटबाट अनलाइन खरिद गर्न सकिने बताए । साथै , नजिकको प्रहरी बिटको अनुमति लिएर पसलमा गएर उपभोग्य सामग्री गरिद गर्न सकिने पनि बताए ।
लकडाउनका बेला खाद्य सामग्री, तरकारी तथा दूध बेच्ने पसल बन्द गर्न नभनिएको समेत मन्त्री भट्टले प्रस्ट्याए । कुनै पनि तरिकाले खाद्य सामग्री पाउन नसकेमा ११३७ मा फोन गर्नसमेत उनले आग्रह गरे।











