फिल्म । अनमोल केसीसँग ‘जेरी’ फिल्ममा जोडी बाधेर रजतपटमा उदाएकी आना शर्मा नोटिस भइन् । युवापुस्ता माँझ विस्तारै चर्चा बटुलिरहेका अनमोलको जोडी बनेपछि आनालाई डेब्यु सहज नै भयो । तर , त्यसपछिका दिनमा आनाले त्यो चर्चा र सफलता पाउन सकेकी छैनन् ।
यिनै आना नयाँ फिल्म ‘लिम्बो’ मा देखिने भएकी छिन् । अर्पण थापाको निर्देशन रहने मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण हुन लागेको फिल्ममा आनाले शिर्ष भूमिका निर्वाह गर्नेछिन् । फिल्मको लागि कलाकार छनौट भईरहेको बुझिएको छ । अर्पण पछिल्लो समय ‘तीन जन्तु’ मा व्यस्त छन् । उनले यसको काम सकाएपछी ‘लिम्बो’ को काम अगाडी बढाउने छन् ।
कमेन्ट गर्नुहोस्











