प्रदेशसभा बैठक स्थगित

देश । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै यसलाई लिएर नेपालमा बढेको जोखिमको लागि सतर्कता बढाउनुका साथै तयारी पनि थालिएको छ । चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकार अनावश्यक रुपमा घरबाट बाहिर ननिस्किन पनि आग्रह गरेको छ । यसैगरी २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ ।

सरकारले गरेको आग्रहसँगै प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै सभाको बैठक स्थगित गरिएको बताएइको छ । कोरोनाको सम्भावित संक्रमणप्रति सतर्क हुँदै प्रदेशसभा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको प्रदेश नम्बर २ संसद् सचिवालयले जनाएको हो ।

कमेन्ट गर्नुहोस्