‘दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप’ हुँदै

देश । थम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता यही मंसिर ७ देखि ९ गतेसम्म काठमाडौंमा हुने भएको छ । राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै शारीरिक सुगठन तथा फिटनेसको अन्तर्राष्ट्रिय महासंघ र एसियाली महासंघको कार्यक्रमअनुसार दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस च्याम्पियनसिप हुन लागेको जानकारी गराइएको हो । तीनदिने प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने मंसिर ८ गते शनिबार काठमाडौंस्थित राष्ट्रियसभागृहमा हुनेछ ।

प्रतियोगितामा पुरुष शारीरिक सुगठन, पुरुष फिजिक, महिला फिटनेस तथा महिला फिजिक गरी चार विधाका विभिन्न १३ तौल समूहमा खेलहरु हुनेछन् भने दक्षिण एसियाका आठै मुलुकबाट झन्डै १५० खेलाडी सहभागी हुने आयोजकले विश्वास व्यक्त गरेका छन् । प्रतियोगिताको सम्पूर्ण आयोजना नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ (एनएफबीएफ)ले गर्नेछ । सोही दिन दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघको संस्थापक कार्यसमिति समेत चयन हुनेछ ।

कमेन्ट गर्नुहोस्