किन रोकियो ‘क्रिस’ सिरिज ?

फिल्म । बलिउडमा सफल सिरिज मध्यको एक हो , क्रिस । ऋतिक रोशनको करियरलाई अगाडी बढाउन मदत गरेको फिल्म ‘कोइ मिल गया’ को कथालाई अगाडी बढाउदै उनकै पिता तथा निर्देशक राकेश रोशनको निर्देशन रहेको फिल्म ‘क्रिस’ को अब चौथो सिरिजलाई दर्शकले हेर्न पाउने भएका छन् । पछिल्लो समय फिल्म ‘वार’ मार्फत चर्चा बटुलेका ऋतिकले अब सुपरहिरो बन्ने फैसला गरेका हुन् ।

सन् २००३ मा आएको फिल्म ‘कोइ मिल गया’ पछी यसको क्यारेक्टरलाई नै लिएर राकेशले सन् २००६ मा ‘क्रिस’ ल्याएका थिए । फिल्मलाई बलिउड प्रेमी दर्शकले निकै रुचाए । यो बलिउडको हिट एक मात्र सुपर हिरो हो भन्दा फरक नपर्ला । यसपछि यसको दोस्रो सिरिज अर्थात् ‘क्रिस ३’ सन् २०१३ मा रिलिज भएको थियो । त्यसपछि दर्शकले ऋतिकलाइ ‘क्रिस’ अवतारमा देख्न पाएका छैनन् ।

त्यसो त फिल्म ढिला हुनुको कारण ऋतिक नभइ उनका पिता हुन् । अहिले सम्म सिरिजलाई निर्देशन गर्दै आएका राकेश रोशन केहि समय यता स्वास्थ्य लाभ गरिरहेका छन् । राकेशले फिल्म निर्देशनको जिम्मा संजय गुप्तालाई लगाउने तयारीमा छन् तर ऋतिक भने राकेशकै पर्खाइमा छन् । उनि चाहन्छन फिल्म डे फस्टबाट राकेशकै कप्तानीमा अगाडी बढोस् । पछिल्लो समय ऋतिकका पिता राकेशको स्वास्थ्यमा समस्या आएपछि फिल्मको काम रोकिएको हो । संवत फिल्मको छायाँकन यसवर्षकै अन्त्यसम्म हुनेछ भने यसको रिलिज सन् २०२१ मा हुने बुझिएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्