#Metoo मा मुछिए नवाजुदीन पनि , पुर्व मिस इन्डियाले लगाइन् आरोप !

बलिउड । बलिउडमा यतिबेला #metoo मुभमेन्टनै चलिरहेको छ । पछिल्लो समय आफुलाई परेको एभ्युजको पर्दाफास गर्ने क्रममा यस ‘मिटू’ अभियानले अग्रता लिईरहेको छ । बलिउड एक्ट्रेस तनुश्री दत्तले अगाडी आएर यसबारे बोलेपछि यतिबेला बलिउडमा लहर नै चलेको छ भन्दा फरक नपर्ला । यसमा नाम जोडिएर धेरैलाई घाटा भईसकेको छ ।

अर्थात् उनीहरुले काम समेत छोड्नु परेको छ । अनु मल्लिकले इण्डियन आइडल सिंजन १० बाट आउट हुनु पर्यो भने गुलसन कुमारको बायोपिकको निर्देशन गर्ने तयारीमा रहेका शुभाष कपुरले पनि निर्देशनबाट पछी हट्नु पर्यो । यस्तै चर्चा भईरहदा बलिउडका राम्रा कलाकारको रुपमा गनिने नवाजुदीन सिद्दिकी पनि #metoo मा परेका छन् ।

उनलाई पुर्व मिस इन्डिया निहारिका सिंहले आरोप लगाएकी छिन । उनले नवाजुदीनलाई जबर्जस्ती गरेको आरोप लगाएकी छिन । उनले ट्विटर मार्फत यसको जानकारी दिएकी हुन् । उनले आफ्नो भेट नवाजसँग ‘मिस लभ्ली’ को सेटमा बएको बताएकी छिन । ‘एक दिन नवाजको कल आयो र उनले मलाइ तिम्रै घर नजिक छु भने , त्यसपछी मैले खाजा अफर गर्दै उनलाई घर बोलाए’ निहारिका लेख्छिन ‘उनले गेट देखिनै मलाइ अभद्र ब्यबहार गरे , जबर्जस्तीको प्रयास गर्दै श्रीमती बनाउछु भने तर म उनको कैदबाट फुत्किन सफल भए ।’ उनले ट्विटर मार्फत यसको पर्दाफास गरेकी छिन । उनको ट्विटले बि-टाउनमा गसिप छाएको छ । अब हेरौ , नवाजले जबाफमा के भन्छन !

कमेन्ट गर्नुहोस्