रुचाईयो शाहरुख र सलमानको ‘इश्कवाजी’ (भिडियो)

फिल्म । अभिनेता शाहरुख खान र सलमान खान पुनः एकपटकसँगै पर्दामा देखिएका छन् । केहि समय अगाडी सलमान निर्मित तथा अभिनित फिल्म ट्युबलाइटमा सँगै देखिएपछी शाहरुख निर्मित फिल्म ‘जिरो’ गीतमा दुईसँगै देखिएका छन् । निकै राम्रो फ्यान फ्लोईङ भएका यी दुई खानले एकसाथ अभिनय गरेको गीतले युट्युबमा राम्रो भ्युअर्स पाइरहेको छ ।

गीत अपलोड भएको २४ घण्टा नपुग्दै यसलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । गीतमा सलमान र शाहरुख रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । ‘इश्कवाजी’ गीतमा संगीत अजय अतुलले दिएका छन् भने यसलाई इर्साद कामीलले लेखेका हुन् । यसमा सुखविन्दर सिंह र दिव्या कुमारले आवाज दिएका छन् । फिल्ममा शाहरुखले मेरठका बउआ सिंहको भूमिका निभाएका छन्, जो पुट्के छन् ।

यसमा शाहरुखसँगै अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा छन् । करीब ६ वर्षपछि शाहरुख, अनुष्का र कटरीनाको जोडी एउटै फिल्ममा देखिँदैछ । यसअघि यी तीनले फिल्म ‘जब तक हे जान’ मा काम गरेका थिए । ‘जिरो’ लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्