खानलाई नफापेको वर्ष

फिल्म । बलिउडमा बिग कलाकारको रुपमा तिन खानलाई लिने गरिन्छ , ति हुन् सलमान खान , शाहरुख खान र आमिर खान । तर यो वर्ष सन् २०१८ भने यी तिनै खानको लागि सुखद रहेन । अर्थात् यिनले अभिनय गरेको फिल्मले क्रिटिक्सको मन त जितेननै साथै बलिउड बक्स अफिसमा कमाल देखाउन सकेन । अघिल्लो वर्षको अन्त्यमा रिलिज भएको फिल्म सलमान खानको ‘टाइगर जिन्दा है’ ले यस वर्षको सुरुवात सम्म राम्रो कलेक्सन गरेको थियो । तर यस वर्ष सलमान अभिनित ‘रेस ३’ ले भने उनको ब्राण्डको साख पनि जोगाउन सकेन । इदको अवसरमा रिलिज भएको यो फिल्मले सलमानको लिस्टमा फ्लप फिल्म थप्ने बाहेको काम गर्न सकेन ।

सलमान यसै सिरिज मार्फत रेसमा इन्ट्री गरेका थिए तर त्यो उनका लागि सुखद भएँन । किनकी यस अघिका रेस सिरिजलाई दर्शकले रुचाएका थिए भने बक्सअफिसमा सफल पनि भएको थियो । उनकै फ्यानले पनि फिल्मलाई राम्रो भन्न सकेनन् । सलमानको रेस ३ इदमा फ्लप भएपछी अर्का खान , आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ दिपावलीमा रिलिज भयो । फिल्म रिलिज अगाडी निकै चर्चा थियो तर यो फिल्मले पनि दर्शकको मन जित्न सकेन । फिल्मले फस्ट डे कलेक्सनमा रेकर्ड बनाएता पनि आमिरले पछिल्लो समय पाइरहेको सफलतालाई भने जोगाउन सकेन । अर्थात् फिल्म फ्लप भयो र अन्तत आमिरले नै माफी पनि मांगे । फिल्मलाई धुम ३ निर्देशक विजय कृष्ण आचार्यले निर्देशन गरेका थिए । सलमान र आमिर असफल भईरहदा अर्का खान , शाहरुख खानले पनि आफुलाई सफल बनाउन सकेनन् ।

रांझानासँगै तनु वेड्स मनु सिरिज निर्देशन गरेका आनन्द एल राय निर्देशित फिल्म गत डिसेम्बर २१ मा रिलिज भयो । तर फिल्मको कलेक्सनलाई हेर्ने हो भने शाहरुखको खातामा अर्को फ्लप फिल्म थपियो भन्न सकिन्छ । फिल्मलाई नत क्रिटिक्सले रुचाए नत दर्शकले । केहि वर्ष यता निरन्तर असफल भइरहेका शाहरुखको निरन्तरतामा ब्रेक लागेन । यस वर्ष तिन खानका तिन फिल्म प्रदर्शनमा आए , जसलाई दर्शकले रुचाएनन् । किनकी फिल्मनै दर्शकले खोजे अनुसारको थिएँन । यसकारण पनि वर्ष सन् २०१८ लाई खानलाई नफापेको वर्ष भन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्