रहेनन् श्रवन

संगीत । बलिउडमा ९० को दशकमा संगीतकारको रुपमा हिट जोडी मानिएको नदीम-श्रवनको जोडी टुटेको छ । यी दुइको जोडीलाई एकल बनाएको हो भारतमा दोस्रो लहरमा रुपमा बढ्दो कोरोना भाइरसले । कोरोना भाइरसको नयाँ भेरीयन्टका कारण यतिबेला विश्व त्रासमा छ । भारतमा पनि दोस्रो लहरमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ ।

विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएको हो । श्रवणको निधन विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्म आशिकीका गीतहरु मार्फत दर्शक तथा श्रोताको प्रिय बनेका यो जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए । त्यसमा उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो । त्यसपछि उनीहरुले बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।यद्यपि उनीहरुलाई आशिकी फिल्मका हिट गीतले संगीतको शिखरमा पुर्याएको थियो ।

कमेन्ट गर्नुहोस्