फिल्म । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ले यतिबेला विभिन्न फेस्टिभलमा सहभागिता जनाईरहेको छ । यसै क्रममा फेस्टिभल चहारिरहेको बुलबुलले केहि दिन अगाडी मात्र फ्रान्समा पब्लिक च्वाइस अवार्ड जितेको थियो । फ्रान्समा ५ दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टिबलमा बुलबुलले पब्लिक च्वाइस अवार्ड हात पारेको थियो । जहाँ फिल्म निर्देशक विनोद पौडेल र अभिनेत्री स्वस्तिमा खड्काले सहभागिता जनाएका थिए ।
यहि फिल्म यतिबेला नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ) मा सहभागी भएको छ । शनिवार फिल्मको शो गरिएको थियो । जहाँ निर्देशक पौडेल र अभिनेत्री खड्का उपस्थित थिइन् । फिल्म हेरेका अधिकांसले फिल्म र स्वस्तिमाको कामको प्रसंसा गरे । देशसंग विदेशका फिल्म मेकरले दिएको प्रतिक्रियाले स्वस्तिमा दंग देखिएकी थिइन् । फिल्मको प्रदर्शनपछिको अन्तरक्रिया समेत भएको थियो ।
पछिल्लो समय स्वस्तिमालाइ ‘फेस्टिभल हिरोइन’ समेत भन्न थालिएको छ । किनकी उनि ‘बुलबुल’ सँगै धेरै फिल्म फेस्टिभलमा पुगिसकेकी छिन् । उनले पनि यस्ता फेस्टिभलले अन्य देशका फिल्मकर्मीलाई चिन्ने मौका मिल्ने बताइन । ‘हामीले अन्य देशको फिल्मसँगै फिल्मकर्मीलाई पनि चिन्ने मौका पाउछौ , यसले कहिँ न कतै फाईदा नै गर्छ’ उनले भनिन् ।










