चलचित्र विकास बोर्डको आयोजनामा सुरू भयो ‘ड्रोन कार्यशाला’

फिल्म । चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ । ड्रोन हब नेपालसँगको सहकार्यमा सुरू भएको कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष दिनेश डिसीले प्राविधिक रुपमा अझै बलियो बनाउन कार्यशालाको आयोजना गरिएको बताए ।

‘कथा र अभिनयमा अब्बल भएता पनि विविध कारणले प्राविधिक रुपमा देखिएको कमजोरीलाई न्यून गर्न कार्यक्रम ल्याईएको हो । हामी प्राविधिक रुपमा पनि अन्य पक्ष झैँ अब्बल हुन् जरुरी छ । त्यसका लागि नै बोर्डले छायाँकार र स्थिर छायाँकार (फोटोग्राफर) लाई लक्षित गर्दै ड्रोन कार्यशालाको आयोजना गरेको हो’, अध्यक्ष डिसीले भने ।

केही वर्ष यता ड्रोन छायाङ्कनका क्रममा प्रयोग हुने गरेता पनि यस सम्बन्धी विज्ञता भएका ‘अपरेटर’ को कमी देखिएकै कारण बोर्डले यसलाई प्राथमिकता दिएको अध्यक्ष डिसीले बताए । कार्यशालामा छायाँकार प्रद्युम्न मिश्र, मनकृष्ण महर्जन, निरज कँडेल, स्थिर छायाँकार राजभाई सुवाल, कुवेर डङ्गोल, चलचित्रकर्मी शान्ता नेपाली लगायत सहभागी रहेको बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्