संगीत । वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘म त फसेँ माकुरीको जालमा परेर’ सार्वजनिक भएको छ । उनले गीतलाई आफ्नै मह सञ्चार मार्फत सार्वजनिक गरेका हुन् । गीतमा हरिवंशसंगै टिका प्रसाईँको स्वर रहेको छ भने शब्द हिरण्य भोजपुरेको रहेको छ । गीतमा हरि शरणले संगीत भरेका छन् । गीतको सार्वजनिक भिडियोमा हरिवंश र टिकानै फिचर्ड छन् । भिडियोलाई आराध्या लक्ष्मी खड्कीले निर्देशन गरेकी हुन् भने सोहन मानन्धरको छायाङ्कन र सम्पादन रहेको छ ।
पछिल्लो समय हरिले गायनलाई पनि निरन्तरता दिईरहेका छन् । उनले केहि समय आगाडी मात्र ‘बुढो मन छैन’ बोलको गीत ल्याएका थिए । उनि पछिल्लो समय मह सञ्चारकै फिल्मको तयारीमा जुटेका छन् भने उनले आउँदो फागुन अन्तिम वा चैत्रको पहिलो साताबाट प्रदीप भट्टराईको निर्देशनमा तयार हुने फिल्ममा काम गर्दैछन् ।
कमेन्ट गर्नुहोस्











