पहिरनले चर्चामा जेनिफर

फिल्म । हलिउड अभिनेत्री जेनिफर लोपेज अभिनयको कारणले मात्रै होइन, आफ्नो बोल्ड लुकका कारण पनि चर्चामा रहन्छिन् । पछिल्लो समय ‘द ब्वाइज नेक्स्ट डोर’ मा दिएको अन्तरंग दृश्यका कारण चर्चामा आएकी जेनिफरलाई बोल्ड लुकले चर्चामा ल्याईरहन्छ । हालै लन्डनमा आयोजित फिल्म क्रिटिक्स एसोसिएसन अवार्डमा जेनिफर बोल्ड लुकमा प्रस्तुत भइन् । नीलो रङको डिप नेक आउटफिटमा रेड कार्पेट नाप्न आइपुगेकी यी ५० वर्षे अदाकाराको यो लुक एकाएक भइरल भयो ।

खुला कपालको साथमा देखिएकी उनले सबैको ध्यान आफूतिर तानिन् । उनको यो लुक फोटोग्राफरको नजरमा मात्रै परेन, सोसल मिडियामा हावासरी फैलियो । अभिनय, लुक्स, ड्रेसअपका कारण मात्र नभएर जेनिफर लभ लाइफका कारण पनि चर्चामा रहन्छिन् । उनले केही दिनपहिले पूर्वबेसबल खेलाडी एलेक्स रोड्रिग्जसँग इन्गेजमेन्ट गरेकी छन् । अहिले यो जोडी डेटिङमा रहेको छ ।

(अन्नपूर्ण पोष्ट दैनिकबाट साभार)
कमेन्ट गर्नुहोस्