कथा काठमाण्डौको नयाँ गीत (भिडियो)

जयहोस् । गत असोज १२ गते रिलिज भएको फिल्म ‘कथा काठमाण्डौ’ को नयाँ गीत सार्वजनिक भएको छ । तिन कथा र परिवेशलाई चित्रण गरिएको फिल्मको तेस्रो गीत रिलिज गरिएको छ जसमा आयुष्मान डिएस जोशी र प्रेक्षा अधिकारी फिचर्ड छन् । यसअघि प्रमोद अग्रहरी र प्रियंका कार्कीको रातको कुरा , संजोग कोइराला र सन्ध्या केसीको जुन अनि तारालाई सार्वजनिक गरिसकेता पनि फिल्मको कथावस्तुलाई मध्यनजर गर्दै निर्माण युनिटले यसलाई सार्वजनिक गरेको थिएन । यो जोडीले फिल्म रिलिज पश्चात राम्रो प्रतिक्रिया समेत बटुलिरहेको छ । गीतमा कमल खत्रीको शब्द र संगीत रहेको छ भने गायनमा उनलाई श्रेया सोताङले साथ् दिएकी छिन । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको फिल्मलाई विजय राईले निर्माण गरेका हुन् । फिल्मले ब्यवसायिक सफलता हात पार्न नसकेता पनि यसलाई सकारात्मक प्रतिक्रिया भने मिलेको छ ।
कमेन्ट गर्नुहोस्