आलिया बनिन् ‘माफिया क्विन’

फिल्म । ‘इन्साअल्ला’ निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीका फ्यानहरुका लागि उनले नयाँ फिल्म ‘गंगुबाई कठियावाडी’ को फस्टलुक सार्वजनिक गरेका छन् । एक्ट्रेस आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् । सार्वजनिक फस्टलुकमा नायिका आलिया भट्टलाई ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ ।

ऐतिहासिक कथामा पछिल्लो समय फिल्म निर्देशन गर्दै आएका भन्सालीले यसपटकको कथा हुसेन जैदीको ‘माफिया क्विन अफ मुम्बइ’ नोबेलमा आधारित रहेको छ । सार्वजनिक फस्टलुकमा यसको रिलिज सेप्टेम्बर ११ तारिखबाट रिलिज हुने बताएको छ । बलिउडमा दमदार अभिनयको कारण चर्चामा आउने आलिया र कलाकारको अभिनयलाई निखार्न सक्ने भन्सालीको फिल्म दर्शक माँझ प्रतिक्षित छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्