स्टारका ‘विवादास्पद बयान’

फिल्म । बलिउडमा केहि कलाकार यस्ता पनि छन् जसले आफुले बोलेकै कारण विवादमा तानिएका छन् । किनकी जति ठुलो फिल्मनगरी त्यतिनै ठुला स्टार र विवाद । ठुला स्टारले बोल्दा त रिस हुन्छ तर त्यसलेपछी उनीहरुलाई पनि ‘गिल्टी’ फिल गराउने गरेको छ । यस्तै भएको छ पछिल्लो समय कलाकारहरुलाइ । बलिउडका कलाकारलाई यदि कुरा गर्नुछैन भने उनीहरू ‘नो कमेन्ट्स’ भनेर पन्छिन्छन् । तर, कहिलेकाहीँ यस्ता कुरा भनिदिन्छन्, जो विवादको कारण बन्न पुग्छ ।

पछिल्लो समय बलिउडमा ठिकठाक समय नरहेका कलाकार हुन् शाहरुख खान । किंग खानको उपनाम पाएका शाहरुख यतिबेला जटिल अवस्थाबाट गुज्रिरहेका छन् । यिनै शाहरुखले एक पटक ‘म पोर्नस्टार बन्न चाहन्छु’ भनेका थिए । एक अन्तर्वार्तामा उनले यस्तो भनेका हुन् । उनले पोर्नस्टार बन्न मेहनत लाग्ने समेत बताए । यसो भनिरहँदा उनले आफ्नो मजाक आफैँ उडाएका थिए । तर, उनको यो बयानले बलिउडमा प्रशस्त हंगामा भयो । शाहरुखसँग सम्बन्ध टाढा हुनेमा पर्छन् बलिउडका मिस्टर पर्फेक्ट आमिर खान ।

यिनै आमिरले एक पटक आफ्नो कुकुरको नाम शाहरुख भनेका थिए । त्यतिबेला बलिउडमा निकै हंगामा भएको थियो । किनकी उनले सामाजिक सञ्जाल मार्फत यस्तो भनेका थिए । ‘शाहरुख मेरो खुट्टा चाटिरहेको छ । म उसलाई बिस्कुट खुवाइरहेको छु । मलाई योभन्दा बढी के चाहियो ? तपाईंहरूले यसबारे कुनै कमेन्ट गर्नुअघि नै बताउन चाहन्छु शाहरुख मेरो कुुकुरको नाम हो ।’ आमिरको यो ठट्टा गर्दै लेखे पनि यसले शाहरुखसँगको दुश्मनी बढाउने काम गर्यो । आमिरले पनि यो शाहरुखलाई नै इंगित गरेका थिए । शाहरुख र आमिरपछी सलमान खानको कुरा गरौ । उनले विवाद ननिम्त्याउने कुरै भएन । बलिउडमा भाइजान भनेर चिनिने सलमान निकै विवादमा तानिने गर्छन । यिनै सलमानले एक पटक ऋतिक रोशन र ऐश्वर्या राय माथि व्यंग गरेका थिए ।

संजय लीला भन्साली निर्देशित गुजारिस फिल्म रिलिज हुँदा उनले ‘कुकुर पनि फिल्म हेर्न गएन’ भन्ने भनाइ एक अन्तर्वार्तामा दिएका थिए । संजयसँग दोस्रो फिल्म देखि टाढिएका सलमानले ऐश्वर्या भएपछी नबोल्ने कुरै भएन । त्यसपछि ऋतिकसँग पनि सलमानको दुरी बढ्यो । सलमानपछी कुरा गरौ बलिउडका कबिर सिंह अर्थात शाहिद कपूरको । गत वर्ष कबिर सिंहमा अभिनय गरेर उनले आफ्नो स्टारडमलाई फेरी एक पटक व्युताएका छन् । यिनै शाहिद कुनै समय बलिउडकी चमेली अर्थात करीना कपूरको प्रेममा थिए । प्रेमपछी ब्रेकअपमा परिणत भयो । त्यसबेला यी दुइको फिल्म ‘जव वि मेट’ हिट भयो । त्यसपछि शाहिदलाई प्रश्न तेर्सियो ‘अब करीनासँग काम गर्ने कि नाइँ ?’ अनि उनले जवाफ दिए ‘निर्देशक भन्छन् भने म गाईभैँसीसँग पनि काम गर्न तयार छु।’

(एजेन्सी)
कमेन्ट गर्नुहोस्