साकिरा र जेनिफरसँगै गाउँदै

संगीत । कोलम्बियाली मूलकी चर्चित पपगायिका हुन् साकिरा । यिनै साकिराले यस वर्षको आफ्नो जन्मदिन खास रूपले मनाउने भएकी छिन् । आगामी फेबु्रअरीमा २ मा ४३ औं जन्मदिन मनाउने साकिरा फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियम सुपर बाउल हाफटाइम सोमा प्रस्तुति दिँदैछिन् । सुपर बाउल हाफटाइम सोमा प्रस्तुति दिनु साकिराको बाल्यकालको सपना थियो । उनीसँगै अमेरिकी नायिका जेनिफर लोपेजले समेत स्टेज तताउने भएकी छन् ।

जनवरीको अन्तिम सातामा सुपरबाउल हाफटाइम सोको रिहर्सल गर्ने तयारीमा रहेकी साकिराले बाल्यकालको सपना पूरा हुँदै गरेको खुसी सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् । जेनिफरले समेत उक्त सोको पुष्टि गरिसकेकी छिन् । सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक कार्यक्रम हो । सन् २०१९ मा न्यु इङ्ल्यान्ड पेट्रियाट्स यसको च्याम्पियन भएको थियो । सो साकिराकै जन्मदिन फेबु्रअरी २ मा हुने तय भएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्