कबिरसंग फिल्म गर्दै सलमान ?

फिल्म । बलिउडका भाइजान सलमान खानलाई ‘बजरंगी भाइजान’ जस्तो फिल्म दिएका निर्देशक हुन् , कबिर खान । उनले सलमानसंग एक था टाइगरमा काम गरेका थिए । उक्त समयमा सलमानको फिल्ममा कथा सहितको मनोरंजन भन्ने प्रतिक्रिया फिल्मलाई प्राप्त भएको थियो । त्यसपछि यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रुपमा लिइयो । फिल्ममा मनोरंजन त थियो नै साथमा दमदार कथा पनि ।

तर , त्यसपछि यी दुइको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासंगै दुइ बीच दुरी बढ्यो । त्यसपछि सलमान सुल्तानका निर्देशक अलि अब्बास जफरसंग नजिकिए । तर , यतिबेला दुइको सहकार्य हुने सम्भावना बढेको छ । ट्युबलाइटबाट टाइगर जिन्दा है बाहेक अन्य फिल्ममा फ्यानको मन जित्न नसकेका सलमानले कबिरसंग काम गर्ने संकेत देखाएका छन् । पछिल्लो समय कपिल देवको बायोपिक ‘८३’ मा व्यस्त कबिरको स्क्रिप्टलाइ सलमानले मन पराएका छन् । सलमान यतिबेला ‘बजरंगी भाइजान’ जस्तै फिल्म चाहन्छन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्