प्रभासको फिल्मले कमायो १ सय २० करोड

79 Shares

फिल्म । ‘बाहुबली’ जस्तो सुपरहिट फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका सुपरस्टार बनेका प्रभासको क्रेज दर्शकहरू माँझ बढ्दो छ । ‘बाहुबली’ सिरिज मार्फत उनले एक किसिमको फ्यान फ्लोअर्स बनाइसकेका छन् । पछिल्लो फिल्म ‘साहो’ मार्फत क्रेज प्रस्ट्याई सकेका प्रभासले हालै लभ स्टोरी फिल्म ‘राधे श्याम’ को छायांकन सकेका छन् । उनले युरोपमा यसको छायांकन सकेका हुन् ।

कोरोना भाइरसको प्रभाव बढ्दै गर्दा फिल्मको सेड्युलमै रहेर टिम काम सकाएर भारत फर्किएको थियो । पछिल्लो समय पिरियड ड्रामा र एक्सन थ्रिलरमा देखिएका प्रभासको यो फिल्म विशुद्ध प्रेम कथामा आधारित हुनेछ । फिल्मको फस्टलुक सार्वजनिक हुँदासम्म नै यसले एक सय २० करोड कमाइ गरिसकेको छ । राधाकृष्ण कुमारको निर्देशन तयार फिल्मलाई हिन्दी राइट्स वापत टि सिरिजले उक्त रकम दिएको हो ।

प्रभासको अघिल्लो फिल्म ‘साहो’ समेत खरिद गरेका भुषण कुमारले यसपटक भने राम्रो रकम दिएका हुन् । यो डिलसंगै प्रभासको फिल्म ‘राधे श्याम’अहिलेसम्मकै हिन्दी राइट्स वापत उच्च रकम पाउने फिल्ममा परेको छ । यसअघि प्रभासकै फिल्म बाहुबली २ र साहोले हिन्दी राइट्स वापत ७० करोड पाएका थिए । भने , रजनिकांतको फिल्म ‘२.०’ ले ८० करोड पाएको थियो । युरोपको रोमान्टिक भूभागमा खिचिएको फिल्ममा प्रभासको जोडी छिन् पुजा हेग्डे । प्रभास र पुजाको जोडी दर्शकको लागि नयाँ देखिनेछ । प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा खलपात्रमा जगपथी बाबु छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्