फिल्म । शक्तिशाली राष्ट्र अमेरिको पूर्व राष्ट्रपति बाराक ओबामाले आफूलाई मनपर्ने फिल्म र टेलिसिरियलहरूको सूची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । उनलाई मनपर्ने फिल्म र टेलिसिरियलहरूको सूची सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै हेर्न समेत आग्रह गरेका छन् । फोबे वालर–ब्रिजको ‘फ्लाइबेग’ को दोस्रो सिजन, ‘अनबिलिव्यबल’ सिरिज, मार्टिन स्कार्सेको ‘द आइरिसम्यान’ र कोरियाली फिल्ममेकर बोङ जुन होको ‘प्यारासाइट’ जस्ता फिल्महरू उनको रोजाइमा परेका छन् ।
उनलाई मनपरेका अधिकांश फिल्महरू एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेसले अस्कर अवार्डको सर्टलिस्टमा परेका छन् । सो सूचीमा उनको प्रोडक्सन कम्पनी हायर ग्रान्डद्वारा निर्माण भएको ‘अमेरिकन फ्याक्ट्री’ पनि परेको छ, जुन अस्करको सर्टलिस्टमा परेको छ । ‘फ्लाइबेग’ र ‘अनबिलिव्यबल’ सँगै उनलाई ‘वाचम्यान’ को सिरिजपनि मनपरेको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रूचाइएका सेनेगलको निर्देशक मती डिओपद्वारा निर्देशित ‘एट्लान्टिक्स्’, कान्सअन्तर्गत पाल्मे डि ओआरमा मनोनित ‘ऐस इज प्युरेस्ट ह्बाइट’, कोलम्बियाको ‘बर्ड्स अफ पेसेज’, र जर्मनको ‘ट्रान्जिट’ सूचीमा समावेश भएका छन् ।
Next up are my favorite movies and TV shows of 2019. Of course, there’s also American Factory, a film from our own production company, Higher Ground, that was recently shortlisted for an Oscar. Here’s the full list: pic.twitter.com/PEcgwotcxm
— Barack Obama (@BarackObama) December 29, 2019
ओलिभिया वाल्डेको ‘बुकमार्ट’ र लुलु वांगको ‘द फेयरवेल’ उनलाई मनपरेको छ । उनले ‘जस्ट मर्सी’, स्कारलेट जोहान्सन र एडम ड्राइभरको ‘म्यारिज स्टोरी’, ‘द लास्ट ब्ल्याक म्यान इन सान फ्रान्सिस्को’, ‘फोर्ड भर्सेस फरारी’ र ‘द सोभिनियर’ जस्ता फिल्म हेर्न जोड दिएका छन् । ओबामाले फिल्मले मनोरंजनसंगै विचार पनि प्रवाह गर्नु पर्नेमा जोड दिएका छन् । लोकप्रिय राष्ट्रपतिको रुपमा परिचित ओबामाले समय निकालेर नै फिल्म हेरेको समेत उल्लेख गरेका छन् । साथै उनले आफुलाई मन पर्ने संगीत , किताब लगायतको लिस्ट पनि सार्वजनिक गरेका छन् । (एजेन्सी)











