रहेनन् सुशान्त

फिल्म । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । पछिल्लो समय फिल्म ‘छिछोरे’ मा देखिएका सुशान्तले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय सुशान्त पछिल्लो समय बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनी डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत अप्रिलमा मात्र बलिउडले दुइ हस्ती ऋषि कपूर र इरफान खानलाई गुमाएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्