यस्तो बन्यो ‘जन्ते बाख्रो’ को पोस्टर

फिल्म । आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको यो पोस्टरमा यसका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन् । पोस्टरमा लगभग सम्पूर्ण कलाकारहरू देखिएका छन्,तर सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ । सार्वजनिक पोस्टरलाई रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो ।

पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ । सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमेश शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन् । पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने संकेत गर्छ ।

सिमोश सुनुवारको निर्देशन तयार भएको फिल्म ‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । यसको सार्वजनिक गरिएको दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाईसकेका छन् ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माणमा तयार भएको फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, फिल्मको कथा यसै प्रचलनमा आधारित छ ।

यसमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

कमेन्ट गर्नुहोस्