संगीत । गीतकार होमनाथ न्यौपानेको नया गीत ‘माया मेरी गोरी गोरी’ बोलको गीत सार्वजनिक भएको छ । मुरारी गुरागाईं र टिका प्रसाईंको स्वर रहेको गीतमा टेकेन्द्र नेपालीले संगीत दिएको छन् । गीतको भिडियोमा बिजु पार्की र एलिशा शर्मा देखिएका छन् । गीतलाई खोला छेउको किनारमा खिचिएको छ । गीतमा बिजु र एलिशाको माया र ग्लामर देखाइएको छ । गीतलाइ नवराज उप्रेतीले खिचेका हुन् भने यसलाई नविन निरौलाले सम्पादन गरेका हुन् । गीतमा नृत्य र निर्देशन गम्भीर विष्टको रहेको छ ।
कमेन्ट गर्नुहोस्










