किन लेखे रविन्द्रले ‘खेतीपाती अबको फूलपाती’ ?

फिल्म । पछिल्लो समय निर्देशक प्रदीप भट्टराई सर्वाधिक खोजिने निर्देशक बनिरहेका छन् । निर्देशक भट्टराई निर्देशित तिन फिल्म जात्रा , शत्रु गते र जात्रै जात्राले लगातार ५१ औ दिने यात्रा पार गरेपछि यतिबेला फिल्मनगरीमा उनिसंग काम गर्न चाहनेको कमि छैन । उनलाई प्रतिष्ठित व्यानरले सहकार्य गर्ने अफर गरिरहे पनि उनले ‘जात्रा’ कार्यकारी निर्माता रविन्द्र सिंह बानियासंग मिलेर मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नयाँ फिल्ममा कास्ट गर्दैछन् । प्रदीप यतिबेला उक्त फिल्मको लेखनमा छन् ।

स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भएता पनि यसको छायांकन भने आउँदो फागुन अन्तिम वा चैत्रको पहिलो साताबाट मात्र हुनेछ । पछिल्लो समय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका समेत निर्वाह गरिरहेका प्रदीपले केहि सातामै फिल्मको टाइटलसंगै कास्ट घोषणा गर्दैछन् । ‘हामी केहि समयमै सम्पूर्ण जानकारी दिनेछौ’ उनले एक भेटमा भने ।

तर , निर्मातासंगै कलाकार मात्र रहेका रविन्द्रले सामाजिक सञ्जालमा लेखे ,’खेतीपाती अबको फूलपाती ।’ उनको लेखाइले फिल्मको ‘टाइटल’ खेतीपाती होकी भन्ने सोच्न सकिन्छ । तर , जिज्ञाषा राख्दा रविन्द्रले आफुले कामकाजलाई मात्र इङ्गित गरेको बताए । ‘हाम्रो काम फिल्म बनाउने भन्न खोजेको हो , त्यो टाइटल होइन’ उनले भने । यद्दपी यो ‘खेतीपाती’ टाइटल पक्कै कतै नकतै कसैले दर्ता गराउने नै छन् ।

समसामयिक विषयवस्तुमा बन्ने फिल्ममा को -को हुनेछन् , यो भने आउँदो समयले नै बताउने छ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा हात हालेका प्रदीप दोस्रो फिल्म ‘शत्रु गते’ मार्फत मह सञ्चारको निर्देशक बने । उनले टेलिफिल्ममा निर्देशक र मुख्य सहायक निर्देशक भएर काम गरेता पनि फिल्म भने एउटामा मात्र काम गरेका थिए । ‘शत्रु गते’ को सफलतापछि यो टिमले फेरी सहकार्य गर्न लागेको हो । फिल्मको रिलिज डेट भने आउँदो वर्ष २०७७ को कार्तिक ७ लाई तय गरेको छ ।

कमेन्ट गर्नुहोस्