कबिर सिंहका निर्देशक फिल्ममा प्रभास ?

फिल्म । डेब्यु फिल्म ‘अर्जुन रेड्डी’ र त्यसको बलिउड रिमेक ‘कबिर सिंह’ काफी छ , निर्देशक सन्दीप रेड्डी वांगा’ लाई परिचित गराउन । उनले साउथमा विजयलाई स्थापित गराएनन् मात्र बलिउडमा शाहिद कपूरको ढल्दो करियरलाई ‘दह्रो पिल्लर’ बनेर उठाए । उनले पनि लभ स्टोरीलाई नै रोजेका थिए , केवल प्रस्तुति फरक थियो । उनले एक अन्तर्वार्तामा भने ‘यदि प्रेमलाई तपाइँले आफ्नो महसुस गर्नु हुदैन भने त्यो प्रेम होइन ।’ उनले केहि विरोधका आवाजको बारेमा बोल्दै भने ‘प्रेममा केवल प्रेम हुन्छ , त्यसलाई दर्साउने तरिका मात्र फरक ।’ यिनै सन्दीप अब भने डार्क थ्रिलर फिल्मको तयारीमा जुटेका छन् ।

‘एक्सन फिल्मको कन्सेप्ट फुरेको छ तर त्यसमा पनि प्रेम छ’ उनले भने । सन्दीपले आफुलाई मन लागेको जनर र कथामा काम गर्ने बताउदै एक्सन मार्फत प्रेमलाई अगाडी ल्याउने बताए । उनले आफ्नो एक्सनको क्षमतालाई केहि हदसम्म कबिर सिंहमै देखाईसकेका छन् । डार्क थ्रिलर फिल्म ‘डेविल’ का लागि उनले साउथका बाहुबली प्रभासलाइ अफर गरेका छन् । पछिल्लो समय साउथमा मात्र नभई बलिउडमा पनि प्रभासको फलोअर्स उत्तिकै छन् । यसैले गर्दा सन्दीपले प्रभासलाई अफर गरेका हुन् । यद्दपी फिल्म ‘जान’ को छायांकनमा रहेका प्रभासले फिल्म गर्ने या नगर्ने भन्ने विषयमा बताई सकेका छैनन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्