फिल्म । बलिउडमा दुई खान शाहरुख र सलमानको चर्चा निकै हुने गर्छ । जब यी दुई कुनै इभेन्टको लागि सँगै हुन्छन , परिचर्चा नै सुरु हुन्छ । पछिल्लो समय सलमानले शाहरुखलाई सहयोग गरिरहेका छन् । केहि समय अगाडी कट्रिना कैफको जन्मोत्सव मनाउने क्रममा दुश्मनी साधेका यिनले पछिल्लो समय स्ट्रगल समयको मित्रतालाई अपनाईसकेका छन् । शाहरुख अभिनित तथा निर्मित फिल्म ‘जिरो’ मा सलमान देखिए । त्यस अगाडी सलमानको ‘ट्युबलाइट’ मा शाहरुख देखिएका थिए ।
सलमान र शाहरुख छुट्टा छुटै एकसाथ देखिएपछि यिनलाई लिएर संजय लीला भन्सालीले फिल्म ल्याउने तयारी थालेका थिए । कन्सेप्टमा क्लियर भएर स्क्रिप्ट लेख्नु अगाडी उनले सलमान र शाहरुखसंग कुरा पनि गरेका थिए । उनको कुरा सुनेपछि यी दुइले स्क्रिप्ट चित्त बुझे फिल्म गर्ने सहमति पनि जनाएका थिए । किनकी यी दुइले करण अर्जुन र हम तुम्हारे है सनम जस्ता फिल्ममा सँगै काम गरेका छन् । पछिल्लो समय सन् २००२ मा सँगै देखिएको सलमान र शाहरुखको जोडीलाई दर्शकले देख्न नपाएको झन्डै १७ वर्ष भइसकेको छ ।
संजयले पनि सलमान र शाहरुखसंग काम गरिसकेका छन् । यसैले पनि फिल्म बन्ने चर्चा हुना साथ् यी दुइकै फ्यान खुसि थिए । तर , संजयले यसको सेकेण्ड हाफको स्क्रिप्ट राम्रो बनाउन सकेनन् । क्रिटिक्सको तारिफसंगै बक्स अफिसमा समेत आफुलाई अब्बल सावित गर्दै आएका संजयले त्यसलाई थाती राख्दै सलमानसंग ‘इन्शाअल्लाह’ मा काम अगाडी बढाएका थिए । सलमानकै पछिल्लो फिल्म ‘दबंग ३’ का प्रोड्युसर निखिल द्विवेदीले भने ,’फिल्म बन्ने सम्भावना अब निकै कम छ किनकी संजय र सलमानको सम्बन्ध अहिले राम्रो छैन ।’
उनले ‘इन्शाअल्लाह’ को कारण अब सलमान र शाहरुखलाई स्क्रिनमा संगै देख्ने सपना केहि समयलाई टलेको बताए । ‘सलमान यतिबेला राधे , किक लगायतका फिल्ममा बिजी छन् त्यसैले त्यो फिल्म बन्छ भन्ने मलाइ लाग्दैन’ निखिलले मिडियालाई भने । त्यसो त सलमानको पछिल्लो समय ‘दबंग’को तेस्रो सिरिज दर्शकसामु आएको छ । तर , फिल्मको सलमानको अघिल्लो फिल्म जस्तो व्यापार गर्न सकेको छैन । (एजेन्सी)









