फिल्म । केहि समय अगाडी मात्र छायाँकन सुरु भएको फिल्म ‘चालबाज’ मा पुष्प खड्काको इन्ट्री भएको छ । उनले शुक्रबार फिल्म साइन गरेका छन् । अविनाश प्रधानले आफ्नो घरायसी कामका कारण फिल्म गर्न नसक्ने भएपछि उनको ठाउँमा पुष्पको प्रवेश भएको हो । भूमिका केही भिन्न लागेर काम गर्न तयार भएको पुष्पले बताएका छन् । फिल्ममा पुष्पको जोडी अभिनेत्री केकी अधिकारीसँग बाँधिनेछ । दुईले यसअघि केही भिडियोमा सँगै काम गरेका थिए ।
कमेडी कथामा बन्न लागेको फिल्ममा पहिलो पटक पुष्प देखिदैछन् । उनि २-३ दिनमा फिल्मको छायांकनका लागि दार्जिलिङ प्रस्थान गर्ने तयारीमा छन् । अरुण तामाङको लगानी र कैलाश राइको निर्देशनमा बनिरहेको फिल्ममा सौरभ लामाको छायांकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत छ । बुद्दि तामाङ, महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको पनि फिल्ममा अभिनय रहनेछ ।











