विक्रमले ल्याए ‘टिलपिल टिलपिल तारा’ (भिडियो)

संगीत । अभिनेत्री सुपुष्पा भट्ट फिल्मका साथै म्युजिक भिडियोमा पनि देखा परिरहेकी छिन । पछिल्लो समय चपली हाइटको तेस्रो सिरिजको छायाँकनमा व्यस्त सुपुष्पाको ‘टिलपिल टिलपिल तारा’ बोलको गीत सार्वजनिक भएको छ । ‘रणवीर’ डेब्यु सुपुष्पाले पछिल्लो समय ‘छ माया छपक्कै’ मा अभिनय गरेकी थिइन् ।

गीतमा सुपुष्पासँगै रोहन असिब र अजय पुन फिचर्ड छन् । गीतलाई सेट लगाएर तयार गरिएको छ । एनएफडिसीमा भव्य सेट लगाएर छायाँकन गरिएको गीतमा विक्रम जंग शाह र मेलिना राईको स्वर रहेको छ । नेपाली फिल्म तथा गीतसंगीतसँग जोडिएको नाम हो , विक्रम । ‘गीतसंगीतलाई पनि अगाडी बढाउदैछु , आफु सुहाउँदो गीतलाई तयार गर्दैछु’ विक्रमले भने । नेपाली फिल्मका निर्माता समेत रहेका विक्रमले विदेशमा विभिन्न इभेन्ट गर्दै आइरहेका छन् । गीतलाई चर्चित टेलिभिजनकर्मी संगीता श्रेष्ठले निर्देशन गरेकी छिन् ।

टेलिभिजन हुँदै फिल्म समेत निर्देशन गरिसकेकी संगीताले गीतको भाव अनुसार नै भिडियो तयार गरेको बताइन । ‘गीतको शब्द अनुसार नै दृश्यलाई तयार गर्ने कोसिस गरेका छौ’ उनले भनिन् । टेलिभिजनमा लामो समयको अनुभव संगालेकी संगीताले सुपुष्पाको काम प्रतिको लगनशीलताले भविष्य उज्वल रहेको ठहर गरिन् । गीतमा शिवराम श्रेष्ठको छायाँकन रहेको छ भने लोकेश बज्राचार्यले यसलाई सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्