फिल्म । बलिउड अभिनेत्री प्रियंका चोपडा इन्टरनेटमा सबभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटीको सूचीमा अग्रपंक्तिमा परेकी छिन् । हालै सिम्रस नामक संस्थाले संसारभर भारतीय कलाकारको लोकप्रियतामाथि गरेको अध्ययनअनुसार अभिनेत्री चोपडा अग्रपंक्तिमा परेकी हुन् ।
सो संस्थाले सन् २०१८ को अक्टोबरदेखि यो वर्षको अक्टोबरसम्म संसारभरबाट संकलन गरेको तथ्यांकअनुसार अभिनेत्री चोपडा अगाडी पर्न सफल भएकी हुन् । अभिनेत्री चोपडालाई पछ्याउँदै सो सूचीमा क्रमशः बलिउड अभिनेता सलमान खान, शाहरुख खान, अमरिश पुरी, दीपिका पादुकोण र सन्नी लियोनी परेका छन् ।
यो वर्षको अक्टोबरमा अभिनेत्री चोपडा र सलमान खान क्रमश २० लाख ७४ हजार र एक लाख ८३ हजार पटक संसारभर खोजिएको थियो । गत वर्षको डिसेम्बरमा अभिनेत्री चोपडालाई संसारभरका इन्टरनेट प्रयोगकर्ताले सर्वाधिक रुपमा इन्टरनेटमा खोजी गरेका थिए । सो महिना उनलाई १ करोड ३० लाखभन्दा बढी पटक इन्टरनेटमा खोजिएको थियो । त्यस्तै, अभिनेता सलमान खानलाई मासिक रुपमा २० लाख ७४ हजार इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा औसत रुपमा खोज्ने गरेका थिए । मासिक रुपमा इन्टरनेटमा खोजिने सूचीमा भने अभिनेत्री चोपडालाई ४० लाखभन्दा बढी पटक खोजिएको थियो । जबकी औसतमा अभिनेता सलमान खानलाई २० लाख पटक मासिक रुपमा इन्टरनेटमा खोजिएको थियो ।
(एजेन्सी )









