फिल्म । आफुले पाएको चरित्रलाई जीवन्त निर्वाह गर्ने अभिनेत्रीमा पर्छिन् ऋचा शर्मा । यिनै अभिनेत्री पछिल्लो समय चर्चामा छिन् । तर , रिल लाइफको कारण नभई रियल लाइफको कारण । रिल लाइफमा थुप्रै चरित्र निर्वाछ गरेकी ऋचाले आउँदो मङ्सिरमा विवाह गर्दैछिन् । केहि समय यता दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी उनले लगनगाँठो कस्न लागेकी हुन् ।
दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् । उनको विवाहको चर्चा हुदै गर्दा उनले आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी छन् । उनले पोखरामा दिएको पार्टीमा अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत उपस्थित थिए ।
ऋचाको पार्टीले उनको विवाह टाढा छैन भन्ने प्रस्ट्याएको छ । ‘भिसा गर्ल’, ‘आधा लभ’, ‘सुनकेसरी’ फिल्मको निर्माण गरिसकेकी ऋचा अहिले टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसमा उनी निर्णायकको भूमिकामा छिन् ।










