दुर्घटनामा परे फोनिक्स

फिल्म । केहि समय यता हलिउड फिल्म ‘जोकर’ को निकै चर्चा छ । हलिउडमा सुपरहिरो फिल्मको जगजगी छ । तर खतरनाक भिलेनको चरित्रमा बनेको फिल्म ‘जोकर’ यतिबेला लोकप्रियताको उचाईमा छ । वार्नर ब्रदर्सको निर्माण रहेको फिल्मलाई टोड फिलिप्सले निर्देशन गरेका छन् । जोकरको भूमिकामा रहेका अभिनेता जोक्विन फोनिक्सको अभिनयले यतिबेला चर्चा बटुलिरहेको छ ।

‘ फिल्म मायाको अभाव, खराब बालापनका कारण समाजमा आफ्ना लागि सहानुभूति नै पाउन नसकेको एक चरित्रको कथा हो’ निर्देशक फिलिप्सले फिल्मको बारेमा प्रस्ट्याई रहेका छन् । किनकी पछिल्लो समय नेगेटिभ हिरोको रुपमा फोनिक्सले चर्चा बटुलिरहेका छन् । यिनै जोकर अर्थात् फोनिक्सको लस एन्जल्समा दुर्घटना भएको छ । उनि चढेको कार फायर डिपार्टमेन्टको गाडीसँग ठोकिएको हो ।

उनले पार्किङबाट गाडी निकाल्दै गर्दा फायर डिपार्टमेन्टको ट्रकसँग ठोक्किन पुगेको हो । यस दुर्घटनामा फोनिक्सको गाडीलाई असर गरेको छ नै उनलाई पनि समस्या चोट लागेको छ । यद्दपी उनले उनले आफ्नो गल्ती स्वीकार्दै लस एन्जल्स पुलिस कहाँ पुगेर पूर्ण रुपमा सुल्झाएका छन् । उनको सादापन देखेर पुलिसले उनिसँगै कुनै प्रकारको जरिवाना नलिएको समेत बताएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्