टाइगर र ऋतिकले सकाए पहिलो सेड्युल

बलिउड । डान्स र एक्सनमा अगाडी नाम आउने दुई बलिउड एक्टर ऋतिक रोशन र टाइगर श्राफलाई सँगै देख्ने फ्यानको चाहना अब केहि समय मात्र बाकि छ । यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले अनटाइटल प्रोजेक्टको पहिलो सेड्युल सकाईसकेका छन् । पहिलो सेड्युल सकिएपछि टिम यतिबेला दिपावली ब्रेकमा रहेको निर्देशकले सोसल मिडिया मार्फत जानकारी दिएका छन् । केहि समयपछी फिल्मको दोस्रो सेड्युल स्टार्ट हुनेछ । यशराज फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्मको धेरै कुराहरु सार्वजनिक गरिएको छैन , फिल्ममा वानी कपूर लिड रोलमा छिन ।

गत सेप्टेम्बरबाट छायंकन प्रारम्भ गरेको फिल्मले ६ देशको लोकेसन सेलेक्ट गरेको छ । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए । त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ऋतिकसँग उनले पछिल्लो फिल्ममा काम गरेका थिए । ऋतिक र टाइगरलाई एक अर्काको कपि मानिन्छ , त्यसैले यी दुईलाई फ्यान एकसाथ हेर्न चाहन्छन । यी दुईले एकै गीतमा नृत्य समेत गर्दैछन् ।

View this post on Instagram

THE CREW

A post shared by Siddharth Anand (@itssiddharthanand) on

कमेन्ट गर्नुहोस्