‘सतीदेवी’ प्रदर्शनमा

फिल्म । छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर तयार गरिएको नेपाली चलचित्र ‘सतीदेवी’ सार्वजनिक प्रदर्शनमा आएको छ । विषयवस्तु र कलाकारको अभिनयको तारिफ बटुलिरहेको फिल्ममा महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्रले छोरीको महत्वलाई दर्साएको प्रतिक्रिया विशेष शो तथा प्रिमियरमा हेरेका कलाकर्मीले दिएका छन् ।

चलचित्रमा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको अभिनेत्री मलिका महतले जानकारी दिईन् । यसमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्