फिल्म । दक्षिण भारतीय फिल्मनगरीमा तेलुगु भाषामा बनेको सफल फिल्म ‘गीता गोविन्दम’ को रिमेक बलिउडमा बन्ने भएको छ । साउथ इण्डियन लभ स्टोरी फिल्मको रिमेक अधिकार निर्देशक रोहित शेट्टीले लिएका छन् । उनले आफैले निर्देशन गर्ने या अरु कसैलाई निर्देशनको जिम्मा दिने भन्ने विषयमा भने तय गरिसकेका छैनन् ।
रोहितले हालै अक्षय कुमार टाइटल रोलमा रहेको फिल्म ‘सूर्यवंशी’ को छायाँकन सकाएका छन् । यसैले गर्दा पनि उनि केहि समयको लागि खाली छन् । तर , उनले त्यो खाली समयलाई गोलमाल ५ र सिम्बाको कथाको लागि सदुपयोग गर्ने भएका छन् । यसैले पनि सफल फिल्मको जिम्मा उनले कसैलाई दिन सक्ने देखिएको छ ।
साउथ इण्डियन फिल्म ‘गीता गोविन्दम’ जम्मा ५ करोडमा बनेको थियो । यसले बक्स अफिसमा झन्डै १ सय ३२ करोडको आसपासमा कलेक्सन गरेको हो । यसैले गर्दा पनि यसलाई बलिउडमा रुचाइने विश्वास छ । फिल्ममा ‘अर्जुन रेड्डी’ का हिरो विजय देवरकोण्डा मुख्य भूमिकामा छन् । उनिसंगै फिल्ममा रश्मिका मन्दना , निथ्या मेनन लगायतको अभिनय रहेको थियो । (एजेन्सी)











