अलादिनमा निरिषा

0 Shares

फिल्म । नेपाली फिल्ममा ‘जानी नजानी’ मार्फत डेब्यु गरेकी निरिषा बस्नेत मुम्बईमा संघर्ष गरिरहेकी एक कलाकार हुन् । नेपाली फिल्मका निर्देशक एवं कलाकार विश्व बस्नेतकी छोरी निरिषाले नेपाली फिल्ममा अभिनय गर्नु भन्दा अगाडी नै हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा मुख्य भूमिका निभाइसकेकी थिइन् । यो सिरियलले उनको मुम्बई संघर्षलाई थोरै भएपनि राहत दियो । कर्म गरेअनुरुप फलको खोजिमै रहेकी निरिषाले हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी थिइन् । चिनियाँ युवतीको भूमिकामा उनको अभिनयको भारतीयसँगै नेपाली दर्शकले पनि मुक्तकण्ठले प्रशंसा गरेको थिए ।

यिनै निरिषा पछिल्लो समय सोनी सब टिभीबाट प्रशारण हुन लागेको सिरियल ‘अलादिन : नाम तो सुना होगा’ मा उनी अनुबन्ध भएसँगै छायांकनमा व्यस्त छिन् । नेगेटिभ क्यारेक्टर रहेता पनि सिरियलसँग जोडिन पाउँदा निरिषा उत्साहित छिन् । सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको पनि अभिनय रहेको छ । अलादिनको क्यारेक्टर बालबालिका माँझ निकै रुचाइन्छ ।

कमेन्ट गर्नुहोस्