संगीत । गायक अनिल सिंहले नायिका पुजा शर्मासँगको संयुक्त गायनमा ‘प्रेम कथा’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा अनिल र पुजाको भोकलसँगै अभिनय पनि रहेको छ । गीतमा शब्द र संगीत पनि अनिलकै रहेको छ भने यसलाई शैलेन्द्र प्रधानले एरेन्ज गरेका हुन् । गायनकी सौखिन पुजाले गीत मर्म अनुसार अभिनय गर्नुका साथै गायन पनि साथ् दिएको अनिलले बताए ।
गीत पनि उनकै अधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उनका नयाँ तथा पुराना गीतसंगीतलाई अब अनिल सिंह युट्युब च्यानल मार्फत हेर्न सकिने समेत उनले बताए । ‘श्रोता तथा दर्शकलाई मध्यनजर गर्दै आफ्नै च्यानल मार्फत आफ्नो कन्टेनलाई बाहिर ल्याईरहेको छु’ अनिलले भने । गीतमा छायाँकन , सम्पादन तथा निर्देशन सुदिप श्रेष्ठको रहेको छ ।
कमेन्ट गर्नुहोस्











