फिल्म । राजधानीमा रिलिजको पुर्व सन्ध्यामा आयोजित फिल्म ‘पासवर्ड’ को प्रिमियरमा बलिउड अभिनेत्री सन्नी लियोनी सहभागी भइन । विहिबार नैएअर इन्डियाको विमानबाट सन्नी ४ बजेर १० मिनेट जादा नेपाल ल्यान्ड भएकी थिइन् । अघिल्लो भ्रमणमा विजेनसका लागि आउने सन्नीले यसपटक भने आफु अभिनित फिल्म ‘पासवर्ड’ कै लागि आएकी हुन् ।
एअरपोर्टबाट हायात होटेल पुगेर केहि समय विश्राम गरेपछी सन्नी प्रिमियरमा सहभागी भएकी थिइन् । उनले प्रिमियरमा सहभागी हुँदै आफुलाई नेपाल विश्वमै धेरै नै मन पर्ने बताइन । ‘म निकै खुसि छु यहाँ हुन् पाउँदा अनि पासवर्ड टिमलाई अग्रीम बधाई दिन चाहन्छु जसले यहाँ निकै मेहनत गरेका छन्’ उनले मिडियालाई सम्बोधन गर्दै भनिन् ‘मलाई नेपाली फिल्मको पार्ट हुन् पाउँदा निकै खुसि लागेको छ र मैले इन्जोय गरे ।’
उनले गीत कस्तो लाग्यो भन्दै प्रश्न पनि गरेकी थिइन् । उनले पासवर्ड महँगो बजेटमा तयार भएकाले फिल्मलाई माया गर्दिन समेत आग्रह गरिन् । फिल्ममा उनि आइटम गीतमा प्रस्तुत भएकी छिन् । शनिबार भारत फर्किने सन्नीले आज शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्नेछिन् । संवत यो उनको चौथो नेपाल आगमन हो ।
सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । अंकित गौतम कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।













