छायाँकनमा ‘सेल्फी किङ्ग’

फिल्म । गत आइतबार घोषणा गरिएको फिल्म ‘सेल्फी किङ्ग’ को छायाँकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत गर्दै छायाँकन शुरु गरिएको हो । शिर्ष नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । पहिलो दिन उक्त कलाकार सास्कृतिक कार्यक्रमका लागि काठमाडौं बाट सोलुखुम्बु तर्फ जाँदै गर्दाको यात्राको दृष्य छायाँकन गरिदैछ ।

दशैंअघि र दशैंपछि गरि २ सेड्युलमा छायाँकन हुने यस फिल्मलाई काठमाडौं देखि सोलुखुम्बुसम्मका बिभिन्न मनमोहक स्थानहरुमा खिचिने छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायत काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा छायाँकन हुनेछ ।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्दैछन् । उनको यो डेब्यु फिल्म हो । यसमा शिर्ष भूमिकामा विपिन कार्कीको अभिनय रहने छ । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्ममा निर्देशक बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पौडेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहने छ ।

कमेन्ट गर्नुहोस्