फिल्म । भारतीय फिल्म ‘साहो’ शुक्रबार रिलिज भएको छ । साउथ इण्डियन मेकरले निर्माण गरेको यो फिल्म पछिल्लो समय निकै चर्चामा थियो । बाहुबली स्टार प्रभासको अभिनय रहेकै कारण फिल्मको प्रतीक्षा विश्वभरका दर्शकका थियो , जसले भारतीय फिल्म रुचाउछन् । यसै शिलशिलामा ‘साहो’ ले भने अधिकांस दर्शकलाई निराश बनाएको छ ।
फिल्म हेरेर निस्किएका अधिकांसले यसलाई समय , पैसा र स्टारडमको सत्यानासको रुपमा लिएका छन् । क्रिटिक्सको रिभ्यु पनि राम्रो छैन । यसले मुस्किलले दुइ स्टार पाएको छ । निर्देशक तथा लेखक सुजीथलाई दर्शकले प्रभासको स्टारडमको सहि प्रयोग नगरेको भन्दै कमेन्ट गरेका छन् । यसै बीच समिक्षक केआरकेले पनि यसको समिक्षा गरेको छन् ।
फिल्मको बारेमा ट्विटर मार्फत उनले ‘झुर’ भन्दै आफ्नी समिक्षा दिएका छन् । तिन सय पचास करोड भारुको बजेटमा निर्माण भएको फिल्मको लागि प्रभासले झन्डै दुइ वर्ष समय दिएका छन् । तर , केआरकेले फिल्म इतिहासकै झुर रहेको लेखेका छन् । उनले ट्विट गर्दै ‘साहो यस्तो शानदार फिल्म हो कि इतिहासकै सबैभन्दा खराब फिल्मको रुपमा हलिउडको म्युजियममा राख्नु पर्छ ।
विश्वभरका लेखकलाई एउटा चुनौती जसले यसलाई आउँदो एक सय वर्षमा बुझ्छ उँहालाई दुइ हजार करोड पुरस्कार प्राप्त हुनेछ ।’ उनले यो भन्दा अगाडी पनि यसलाई निन्द्राको औषधिको रुपमा परिभाषित गरेका छन् । यसमा प्रभास अन्डर कभर अफिसरको भूमिकामा छन् । उनको एक्सनसँगै आवाज पनि भारतीय फ्यानको लागि गिफ्ट रहेको छ तर दर्शक खुसि छैनन् । फिल्म साउथको तमिल , मलायलम र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । (एजेन्सी)
#Saaho is such a fantastic film that it should be kept in the Hollywood’s museum as a sign of worst film ever made in the history of this world. A challenge should be given to script writers around the world that whoever will understand it during next 100Yrs, will get ₹2000Cr.
— KRK (@kamaalrkhan) August 30, 2019











