अनमोल , प्रदीप , पल र सलिन अटाएनन् ‘कामना फिल्म अवार्ड’ मा (नोमिनेशन)

फिल्म । नेपाली फिल्म हेर्नलाई युवापुस्तालाइ हलसम्म ल्याउने केहि श्रेय अनमोल केसीलाई पनि जान्छ । उनले अभिनय गरेको फिल्ममा अन्य फिल्मको तुलनामा युवा दर्शकको रुपमा निकै देखिन्छन् । यहि पथमा छन् प्रदीप खड्का , पल शाह र सलिनमान बनिया पनि । यी चारै नाम नेपाली फिल्मका चकलेटी हिरोको रुपमा लिइन्छ । पारिश्रमिकको चर्चा गर्ने हो भने पनि अनमोलबाट सुरु हुन्छ । पछिल्लो समय अनमोलपछि प्रदीप , पल र सलिन पनि महँगो पारिश्रमिक पाउनेमा पर्छन् । तर अभिनय ? यो प्रश्न भने सधै उठ्ने गर्छ ।

नेपाली फिल्मका समिक्षकको मन यी चारैले अभिनय मार्फत जित्न सकेका छैनन् , भलै व्यासयिकतामा यी अगाडी छन् । गत वर्ष पल फिल्म विहिन बनेता पनि प्रदीप , सलिन र अनमोल भने दर्शकसामु आएका थिए । प्रदीपको लभ स्टेसन , अनमोलको क्याप्टेन र ए मेरो हजुर ३ तथा सलिनको ‘यात्रा : अ म्युजिकल भ्ल्ग’ लाई दर्शकले हेरेका थिए । तर , यी चारै ‘कामना फिल्म अवार्ड’ को नोमिनेसनमा परेनन् । सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना सिने मासिकले आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट पाँच मनोनयन सूचि सर्वाजनिक गरिएको छ ।

जहाँ चकलेटी हिरोहरु उत्कृष्ट अभिनेतामा अटाएका छैनन् । उत्कृष्ट अभिनेताको विधामा डमरुको डण्डीवियोबाट खगेन्द्र लामिछाने , गोपी र प्रसादबाट विपिन कार्की साईलीबाट गौरव पहारी र भिलेनबाट निखिल उप्रेती परेका छन् । यसैगरी उत्कृष्ट फिल्म विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइली परेका छन् । उत्कृष्ट अभिनेत्रीको विधामा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।

मनोनयन सूचिमा नाई नभन्नु ल ५ सर्वाधिक १५ विधाको मनोनयनमा परेको छ । फिल्मबाट उत्कृष्ट फिल्म, निर्देशक, सहअभिनेत्री, नवअभिनेता, संगीतकार, गीतकार, पाश्र्वगायिका, बालकलाकार, पटकथा, कोरियोग्राफी, पाश्र्वसंगीत, ध्वनिमिश्रण, छायांकन, सम्पादन र श्रृंगार विधाको मनोनयनमा परेको छ । यसबाट २ बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका छन् भने अनुभव भैरेबाट पनि मनोनयमा छन् । त्यसैगरी छक्का पञ्जा ३ र डमरुको डण्डीबियो १२÷१२ विधाको मनोनयमा परेको छ । छक्का पञ्जा ३ सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेत्री, सहअभिनेता, पाश्र्वगायक, हास्य कलाकार, कोरियोग्राफी, कथा, पटकथा, संवाद, ध्वनि मिश्रण र सम्पादन विधाको मनोनयन परेको छ ।

यसबाट दीपकराज गिरी कथा, पटकथा र संवाद गरी ३ विधाको मनोनयमा परेका छन् । त्यसै गरी डमरुको डण्डीबियो सर्वोत्कृष्ट फिल्म, अभिनेता, नवनिर्देशक, सहअभिनेता, कथा, पटकथा, संवाद, छायांकन, पाश्र्वसंगीत, ध्वनिमिश्रण, सम्पादन र श्रृंगार विधाको मनोनयमा परेको छ । यसबाट खगेन्द्र लामिछाने अभिनेता, कथा, पटकथा र संवाद गरी ४ विधाको मनोनयनमा छन् ।

यसैगरी साईंली ११ विधा , प्रसाद १० विधा, चक्कर, सय कडा दस र बोबी ६÷६ विधा, ए मेरो हजुर ३, भैरे र बाँध मायाले ५÷५ विधा, रणविर र कथा काठमाडौं ३÷३ तथा गोपी र अनुराग २÷२ विधाको मनोनयमा छन् । आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा एसएमएस भोटको समेत व्यबस्था गरिएको छ । सर्वोत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, नवअभिनेता, नवअभिनेत्री, नवनिर्देशक, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ ।

उत्कृष्ट पाँच

उत्कृष्ट फिल्म छक्का पञ्जा ३ डमरुको डण्डीबियो नाई नभन्नु ल ५ प्रसाद साईंली

उत्कृष्ट निर्देशक मिलन चाम्स – बोबी दिपाश्री निरौला – छक्का पञ्जा ३ विकासराज आचार्य – नाई नभन्नु ल ५ दिनेश राउत – प्रसाद रामबाबु गुरुङ – साईंली रामशरण पाठक – सयकडा दस

उत्कृष्ट नवनिर्देशक अनुष्क रौनियार – चक्कर वसन्त अधिकारी – जानी नजानी छेतन गुरुङ – डमरुको डण्डीवियो सम्राट शाक्य – यात्रा संगीता श्रेष्ठ – कथा काठमाडौं

उत्कृष्ट अभिनेता खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो विपिन कार्की – गोपी विपिन कार्की – प्रसाद गौरव पहारी – सार्इंली निखिल उप्रेती – भिलेन

उत्कृष्ट अभिनेत्री दिपिका प्रसाईं – छक्का पञ्जा ३ मेनुका प्रधान – साईली नम्रता श्रेष्ठ – प्रसाद पूजा शर्मा – रामकहानी सिल्पा पोखरेल – भिलेन

उत्कृष्ट नवअभिनेत्री सुहाना थापा – ए मेरो हजुर ३ कविता गुुरुङ – बोबी निरिषा बस्नेत – जानी नजानी सुपुष्पा भट्ट – रणवीर मलिका महत – यात्रा

उत्कृष्ट नवअभिनेता कपील खत्री – भिलेन उत्सव न्यौपाने – सयकडा दस अभिषेक नेपाल – नाइं नभन्नु ल ५ उमेश थापा – बोबी किशोर खड्का – बाँध मायाले

उत्कृष्ट सहअभिनेत्री ऋचा शर्मा – चक्कर नम्रता श्रेष्ठ – जानी नजानी सन्ध्या केसी – कथा काठमाडौं प्रियंका कार्की – नाई नभन्नु ल ५ रश्मी भट्ट – सयकडा दस

उत्कृष्ट सहअभिनेता जितु नेपाल – छक्का पञ्जा ३ अनुुप बराल – डमरुको डण्डीवियो दयाहाङ राई – साईंली मनोज गजुरेल – सयकडा दस सलोन बस्नेत – यात्रा

उत्कृष्ट खलपात्र धु्रव कोईराला – भिलेन प्रसान्त ताम्राकार – रणवीर निश्चल बस्नेत – प्रसाद प्रमोद अग्रहरी – कथा काठमाडौं अर्पण थापा – चक्कर

उत्कृष्ट हास्य कलाकार केदार घिमिरे – छक्का पञ्जा ३ केदार घिमिरे – रामकहानी रविन्द्र झा – रामकहानी राजाराम पौडेल – बाँध मायाले विल्सन विक्रम राई – रामकहानी

उत्कृष्ट बालकलाकार अनुभव रेग्मी – भैरे अनुभव रेग्मी – नाईं नभन्नु ल ५ कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस लक्की भण्डारी – चङ्गा सेड्रीना शर्मा – नाईं नभन्नु ल ५

उत्कृष्ट कथा दीपकराज गिरी – छक्का पञ्जा ३ खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो दिपेन्द्र लामा – गोपी रामबाबु गुरुङ – साईंली सम्राट शाक्य – यात्रा

उत्कृष्ट पटकथा रामसरण पाठक – सयकडा दस सुसिल पौडेल – प्रसाद विकासराज आचार्य र सामिप्यराज तिमल्सीना – नाईं नभन्नु ल ५ खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो दीपकराज गिरी – छक्का पञ्जा ३

उत्कृष्ट संवाद सुसिल पौडेल – प्रसाद रामसरण पाठक – सयकडा दस रामबाबु गुरुङ – साईंली खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३

उत्कृष्ट गीतकार दिपेश उप्रेती – डुली डुली/यात्रा कालीप्रसाद बास्कोटा – बगी रहेँ/साईंली दिनेश थपलिया– तिम्रो आँखामा/नाईं नभन्नु ल ५ विप्लव प्रतिक – तेरो आफ्नो भन्नु/गोपी एकनारायण भण्डारी – जिन्दगी नै भन्दिनं/ए मेरो हजुर ३

उत्कृष्ट सङ्गीतकार कालीप्रसाद बास्कोटा – बगी रहें/सार्ईली बसन्त सापकोटा – तिम्रो आँखामा/नाईं नभन्नु ल ५ बसन्त सापकोटा – आँखाको नानी/बोबी सरोज पोखरेल – तिम्रो स्वरमा/अनुराग आशिष अविरल – जिन्दगी नै भन्दिनं/ए मेरो हजुर ३

उत्कृष्ट पाश्र्वगायक सुगम पोखरेल – तिम्रो लागि/रामकहानी सुगम पोखरेल – सँगै सँगै/बाँध मायाले प्रतापदास – तिम्र्रोे स्वरमा/अनुराग हेमन्त राना – बगी रहें/साईली डेविड शंकर – पहिलो नम्बरमा/छक्का पञ्जा ३

उत्कृष्ट पाश्र्वगायिका मेलिना राई – डुली डुली/यात्रा अञ्जु पन्त – झ्यानाकुटी झ््यार्इं/भिलेन मेलिना राई – तिम्रो आँखा/नाईं नभन्नु ल ५ मेलिना राई – सान्नानीलाई/भैरै अञ्जु पन्त – सँगै सँगै/बाँध मायाले

उत्कृष्ट नृत्य निर्देशक प्रविण सिंह – परान परान/ए मेरो हजुर ३ कविराज गहतराज – सन्नानीलाई/भैरे कविराज गहतराज – पहिलो नम्बरमा/छक्का पञ्जा ३ कविराज गहतराज – तिम्रो आँखौमा/ नाईं नभन्नु ल ५ कविराज गहतराज – तिम्रो लागी/रामकहानी

उत्कृष्ट द्वन्द निर्देशक सूर्य थोक्कर – भैरे शुक्रराज शाह – भिलेन रोशन श्रेष्ठ – बाँध मायाले हिमाल केसी – यात्रा चन्द्र पन्त – रणवीर

उत्कृष्ट छायांकन रविन आचार्य र अनुष्क रौनियार – चक्कर हरि हुमागाईं – डमरुको डण्डीवियो पुरुषोत्तम प्रधान – नाईं नभन्नु ल ५ राजेश श्रेष्ठ – प्रसाद सौरभ लामा र मदन कश्यप घिमिरे – भिलेन

उत्कृष्ट सम्पादन निमेष श्रेष्ठ – साईंली लोकेस बज्राचार्य – प्रसाद अर्जुन जिसी – नाईं नभन्नु ल ५ निमेष श्रेष्ठ – डमरुको डण्डीवियो विपिन मल्ल – छक्का पञ्जा ३

उत्कृष्ट पाश्र्वसङ्गीत सैलेस श्रेष्ठ – ए मेरो हजुर ३ एलिष कार्की – भैरे संगम पन्च र पुष्प पलान्चोकी – चक्कर एलिष कार्की – डमरुको डण्डीवियो एलिष कार्की – नाईं नभन्नु ल ५

उत्कृष्ट ध्वनी मिश्रण सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३ मुकेष शाह – बोबी मुकेष शाह – डमरुको डण्डीवियो मुकेष शाह – नार्इं नभन्नु ल ५ उत्तम न्यौपाने – प्रसाद

उत्कृष्ट श्रृंगार श्याम लामा – चक्कर दिपु पौडेल – डमरुको डण्डीवियो सरोज बुढाथोकी – जानी नजानी श्याम बराल – नार्इं नभन्नु ल ५ सरोज बुढाथोकी – भिलेन

कमेन्ट गर्नुहोस्