फिल्म । पपुलर जोडीको ट्याग पाउने गरेको निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने ‘तीज माइती मेला २०७६’ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको छ ।
श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै सम्मानित गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मिना कुमारी रिमालले बताइन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी सबैको लागि मनोरञ्जन र उत्सव भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेलासहित निःशुल्क प्रवेशसहित सुरु भएको उनले बताइन् ।
‘तीज माइती मेला’ को उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाईराख्नेमा बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, बिभिन्न प्रख्यात कलाकारहरु लगायतको पनि उपस्थिती तथा प्रस्तुती रहेको थियो ।
तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । ‘तीज माइती मेला’ श्रावण १८ गतेसम्म चल्ने बताइएको छ ।
तस्वीरहरु : आर्यन विमली














