फिल्म । अन्तत प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ टिमले प्रदर्शन मिति रोजेको छ । दसैँबाट हटेर भदौ २७ गते फिल्म रिलिज गर्ने निर्णय निर्माता दिपकराज गिरी र रोहित अधिकारीको समुहले गरेको हो । यद्पी ‘कबड्डी कबड्डी कबड्डी’ टिमले समन्वय गरे भदौ २७ को प्रदर्शन मिति पनि हेरफेर हुन सक्ने निर्माता दिपकराज गिरीले बताए । ‘कबड्डी टिम छलफलमा आएर एक खालको समहती भयो भने हामी असोज १० या अर्को मितिमा पनि जान सक्छौं’, निर्माता गिरीको भनाई छ ।
दिपेन्द्र लामा निर्देशित फिल्म आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको हो । यसमा दिपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाई आउँदो दशैंमा रिलिज गर्ने निर्माता रोहित अधिकारीले जानकारी दिए ।
फिल्मले शहरमा हुर्किएकी एक युवती र एक सोझो/अर्धबैशे पुरुष बीचको प्रेमकथा वाचन गर्नेछ । फिल्ममा हरि हुमागाइँको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व , दीपक शर्माको संगीत , कविराज गहतराजको कोरियोग्राफी , विपिन मल्लको सम्पादन रहेको छ । निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराजको हो । संवादमा भने दीपकलाई केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।










