‘पासवर्ड’ पोस्टर रिलिज

फिल्म । आउँदो भाद्र २७ बाट प्रदर्शनमा आउने फिल्म ‘पासवर्ड’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सन्नीसहित फिल्मका प्रमुख कलाकारहरु फिचर्ड छन् । एक पोस्टरमा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई मात्र देख्न सकिन्छ । यसमा सन्नी लियोनी एक गीतमा देखिएकी छिन् ।

सन्नीको आइटम डान्स रहेको ‘मेरो नाम सन्नी’ बोलको गीत यसअघि नै इन्टरनेट रिलिज भइसकेको छ । यो गीतले युट्युबमा राम्रो भ्यूज बटुल्न सफल भएको छ । रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायतका कलाकारहरुलाई पनि पोस्टरमा स्थान दिइएको छ ।

धिरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि ‘पासवर्ड’ मा अभिनय रहेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के. थापा सह-निर्माताको रुपमा रहेका छन् । सम्राट बस्नेत फिल्मका निर्देशक हुन् । भने, सौरभ लामा छायाँकार हुन् ।

कमेन्ट गर्नुहोस्