उमोङ्गको गीतमा इष्टु र अभिषेक

संगीत । सुखी परिवारलाई आर्थिक समस्याले छुट्याउने थिममा आधारित रहेर तयार भएको गीत ‘यस्तै छ हाल’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नव दम्पतिको मायामा उभिएको आर्थिक समस्यालाई चित्रण गरिएको हो । गीतमा इष्टु कार्की र अभिषेक खड्काको अभिनय रहेको छ । गीतमा कृष्ण हरि महर्जनको स्वर , अमरराज राजोपध्यायको संगीत र चन्द्रेश्वर महर्जनको शब्द रहेको छ । गीतमा छायाँकन , सम्पादन तथा निर्देशन उमोङ्ग शाहीको रहेको छ ।

कमेन्ट गर्नुहोस्