फिल्म । महानायक राजेश हमाल यतिबेला च्यारिटी कार्यक्रमका लागि अष्ट्रेलिया भ्रमणमा छन । उनिसंगै कार्यक्रमको यात्रामा जोडीएका छन, हांस्यकबि शैलेन्द्र सिंखडा,गायिका मेनुका पौडेल र एन्जिला रेग्मी । अष्ट्रेलियाको तासमानियाबाट शुरू भएको यो सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट अब सिड्नी आइपुग्ने भएको छ ।
कलाकारहरूको अष्ट्रेलिया यात्राको चांजो पांजो मिलाएको तास इभेन्ट कर्पोरेशनका छत्र थापाले कार्यक्रम निकै राम्रो भएको र अष्ट्रेलियामा रहनु भएका नेपालीहरूले साथ दिनु भएको कुरा बताए । जुलाई १२ तारेखका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा आयोजना हुने सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट यो कार्यक्रमको सिड्नी आयोजना भने एस हयूमानिटीले गरेको हो । एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस भिसा पार्टनर रहेको यो कार्यक्रमको सिड्नी आयोजक एस हयूमानिटीका ओमकृण्ण श्रेष्ठ र रोशन भट्टराईले सामाजिक कार्यका लागि आयोजना हुन लागेको यो कार्यक्रममा सहभागि भैदिनुहुन सिड्नीबासी नेपालीहरू माझ आग्रह गरेका छन ।











